Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • अवैध विदेशी मुद्रासहित त्रिभुवन विमानस्थलबाट तीन जना पक्राउ

    अवैध विदेशी मुद्रासहित त्रिभुवन विमानस्थलबाट तीन जना पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, १५ चैत्र २०८०
  • 405
    SHARES

    फाइल तस्विर

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध विदेशी मुद्रासहित तीन जना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेहरूमा नेपाली मुलका क्यानेडियन नागरिकहरू ५१ वर्षीय पेमा दोर्जे दोथार, ३४ वर्षीय तेन्जिङ देलेक र ७२ वर्षीया नेपाली नागरिक नग्वाङ पाल्मु लामा छन्।



    इण्डिगो एयरलाइन्सको उडानबाट काठमाडौं, दिल्ली हुँदै क्यानडा जान लागेका उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चेकिङ गर्ने क्रममा अवैध मुद्रासहित पक्राउ गरिएको हो ।



    उनीहरुको हृयाण्ड ब्यागमा विभिन्न दरका जम्मा २७ हजार ४२८ अमेरिकी डलर, १ हजार ४८० क्यानेडियन डलर र नेपालमा प्रतिबन्धित भारतीय रूपैयाँ ५ सय दरका ११० थान गरी जम्मा ५५ हजार भारतीय रूपैयाँ फेला परेपछि पक्राउ गरिएको विमानस्थल प्रहरीले जनाएको छ ।

    उनीहरूलाई आवश्यक अनुसन्धान एवम् कानूनी कारवाहीको राजश्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार