Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८५० ग्राम सुनसहित सहिना पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८५० ग्राम सुनसहित सहिना पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, ७ बैशाख २०८१
  • 474
    SHARES

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध सुनसहित एकजना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा भारतीय महिला सहिना प्रभिन रहेकी छन् । सहिनाको साथबाट प्रहरीले ८५० ग्राम सुन बरामद गरेको हो ।



    अन्डरवेयरभित्र लुकाएर ल्याएको अवस्थामा आगमन टनेल गेटबाट उनी सुन सहित पक्राउ परेकी हुन् ।



    शुक्रबार दिउँसो करिब २ बजे विमानस्थलको आगमन टनेल गेटबाट सुन बरामद गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।

    उक्त सुन प्रभिनले प्लाष्टिकभित्र राखेर कालो टेपले बरेर साथमा राखेकी थिइन् । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार