Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • विमानस्थलको एक्स–रे मेसिन बिग्रेपछि कार्गो व्यवसायीले गरे सामान निर्यात ठप्प

    विमानस्थलको एक्स–रे मेसिन बिग्रेपछि कार्गो व्यवसायीले गरे सामान निर्यात ठप्प

    अनलाइन नेपाल
  • सोमबार, ३ बैशाख २०८१
  • 309
    SHARES

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सामान निकासी जाँचपास (एक्स–रे)  मेसिन बिग्रेपछि कार्गो व्यवसायीहरुले निर्यात ठप्प पारेका छन् ।

    विमानस्थलको कार्गो वेयरहाउसमा सामान निकासी जाँचपासको क्रममा प्रयोग हुने एक्सरे मेसिन बिग्रिएको डेढ महिना बढी हुँदा पनि नबनाएको भन्दै सामान निकासी गर्न बन्द गरेका हुन् ।



    सम्झौताअनुसार एक्स–रे मेसिन मर्मत नेपाल पारवहन तथा गोदाम व्यवस्थापन कम्पनी लिमिटेडले गर्नुपर्छ ।



    नागरिक उड्ययन प्राधिकरण र गोदाम व्यवस्थापन कम्पनीबीचको सम्झौताअनुसार विमानस्थलमा सामान गोदाम गरेवापत बार्षिक करिब ३३ देखि ३४ करोड संकलन गर्दै आएको छ ।

    सम्झौता अनुसार मेसिन मर्मतको जिम्मेवारी गोदाम व्यवस्थापन कम्पनीको हो । गोदाम कम्पनी पूर्ण सरकारी स्वामित्वको कम्पनी हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार