Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

यथास्थितिको एमसीसी राष्ट्रिय हित अनुकूल छैन : प्रचण्ड

काठमाडौं । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपालमा बहसको विषय बनिरहेको छ। सर्वसाधरणदेखि उच्च ओहदाका व्यक्तिहरुले यसबारे आफ्नो विचार व्यक्त गरिरहेका छन्।

केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले एमसीसी पास गराउने प्रयास गरे पनि सफल हुन सकेन। त्यसको कारण नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भएको बताइन्छ।

हुन त हालका प्रधानमन्त्री शेरबहादुर देउवाले पनि एमसीसी पास गर्न प्रचण्ड नै बाधक बन्न सक्ने संकेत गरिसकेका छन्। सरकार सञ्चालन सहजताका लागि गठित कार्यदलले न्यूनतम साझा कार्यक्रम बनाउँदा एमसीसीले स्थान पाएन। यसबारे कांग्रेस बैठकमा प्रश्न उठेपछि देउवाले प्रचण्ड नमानेका कारण एमसीसी न्यूनतम साझा कार्यक्रममा नपरेको जवाफ दिए।

तर प्रचण्डले एमसीसी सम्झौतालाई सत्तारुढ गठबन्धनमा खेल्ने हतियारका रुपमा प्रयोग गर्न खोजिएको आरोप लगाएका छन्। त्यसकारण एमसीसीबारे उग्र भएर प्रस्तुत नहुन पनि उनले आग्रह गरेका छन्। समेत नेता कार्यकर्तालाई उनले आग्रह गरेका छन्। प्रचण्डले एमसीसी पारित गर्नैहुन्न भन्ने पक्षमा आफू नभएको तर सम्झौताका कतिपय प्रावधान राष्ट्रिय हित अनुकूल नभएको जानकारी दिएका छन्।

उनले यथास्थितिमा एमसीसी पास गर्न नसकिने स्पष्ट संकेत गरेका छने। साविकको नेकपाको कार्यदलको सुझावअनुसार परिर्माजन गरेमा भने अघि बढ्न सकिने उनको भनाई छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077