Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

तालिबान आतंक : यसरी हात हल्लाउँदै अफगानि राष्ट्रपति गानीले छाडे देश (भिडियो)

एजेन्सी । अफगानिस्तानका राष्ट्रपति अशरफ गानीले देश छाडेर भागेका छन्। रोयटर्सलाई उदृत गर्दै अलजजिराले जानकारी दिए अनुसार उनी ताजकिस्तानतर्फ लागेका हुन्। समाचारमा उल्लेख गरिएअनुसार सुरक्षाका कारण देखाउँदै अधिकारीहरुले थप जानकारी दिएका छैनन्। आजै तालिवान लडाकुहरु राजधानी काबुल पसेपछि गानीले देश छाडेका हुन्। तालिबानको धम्कीपछि उपराष्ट्रपति अमरुल्लाह सलेहले पनि देश छाडेका छन्। राष्ट्रपति गानीले देश छाड्दै गरेको भिडियो सार्वजनिक भएको छ। भिडियोमा उनी हात हल्लाउँदै विमान चढ्न गएको देख्न सकिन्छ। अफगानिस्तानमा विद्रोही समूह तालिबानसामु सरकार निरीह भएको छ। दोहोरो भिडन्तमा अफगानी सेनाले हार मानिसकेको छ। आइतबार केही सेनाहरु पनि देश छाडेर भागेका थिए। पछिल्ला दिनहरुमा शक्तिशाली बनिरहेको तालिबान आइतबार काबुल प्रवेश गरिसकेको छ। अफगानिस्तानमा तालिवानीहरुले पुरै शहर कब्जा गरेपछि विभिन्न देशहरुले त्यहाँ रहेका आफ्ना नागरिकहरुलाई स्वदेश फिर्ता ल्याउने पहल गरिरहेका छन्। यसैबीच, त्यहाँ रहेका नेपालीको उद्दार गर्न राष्ट्रिय ध्वजावहाक नेपाल वायुसेवा निगमको जहाज राजधानी काबुल जाने तय भएको छ। अफगानिस्तानबाट विदेशी नागरिकहरूको भागाभाग चलिरहेकै बेला नेपालीहरूको उद्धारका लागि निगमको जहाज अफगानिस्तान जाने तय भएको हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077