Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • रहेनन् विश्व फुटबलका महान् हस्ती गर्ड मुलर

    रहेनन् विश्व फुटबलका महान् हस्ती गर्ड मुलर

    अनलाइन नेपाल
  • आइतबार, ३१ साउन २०७८
  • 2.2K
    SHARES

    एजेन्सी । विश्व फुटबलका एक हस्ती गर्ड मुलरको निधन भएको छ। जर्मनी तथा बायर्न म्युनिखका पूर्व स्ट्राइकर मुलरको ७५ वर्षको उमेरमा निधन भएको हो।

    इतिहासकै उत्कृष्ट फरवार्डमध्येका एक मानिने उनले पश्चिम जर्मनीका लागि ६२ खेल खेल्दै ६८ गोल गरेका थिए। १९७८ को विश्वकप फाइनलमा नेदरल्यान्डस्विरुद्ध उनले नै निर्णायक गोल गरेका थिए। १५ वर्षसम्म बायर्न म्युनिखबाट खेल्ने क्रममा उनले ५ सय ९४ खेलमा ५ सय ४७ गोल गरेका थिए।



    बायर्न म्युनिखले इतिहासकै एक महान् व्यक्ति रहेको जनाएको छ। ‘उनी बिना क्लब आजको अवस्थामा हुने थिएन। उनको नाम र सम्झना सधैं अमर रहनेछ,’ क्लबले जारी गरेको विज्ञप्तिमा भनिएको छ।



    मुलरले दुईपटक जर्मन फुटबलर अफ द इयरको उपाधि जितेका थिए। उनले १९७० को विश्वकप फुटबलमा सर्वाधिक १० गोल गर्दै गोल्डेन बुट जितेका थिए। त्यही वर्ष उनले बेलोन डि’ अर पनि जिते।

    दुई वर्षपछि उनले पश्चिम जर्मनीलाई युरोपियन च्याम्पियनसिप जिताउन सहयोग गरे। ‘गर्ड मुलरको निधनको खबरले हामीलाई गहिरो शोकमा पारेको छ,’ बायर्नका प्रमुख कार्यकारी ओलिभर कहानले भने।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार