Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अफगानिस्तानमा तालिबानको कब्जासँगै अमेरिका-अफगान मिशन चौतर्फी आलोचनामा

तालिबान कब्जाबी अमेरिका-अफगान मिशन चौतर्फी आलोचना
एजेन्सी। अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले अमेरिकाले अफगानिस्तानमा रहेको आफ्नो दूतावास काबुल विमानस्थलमा सारिएको बताएका छन्।

उनले भियतनाम युद्धसंग अफगानिस्तानको वर्तमान स्थितिको तुलना गरिएपछि आपत्ति जनाएका छन्।

ब्लिन्केनले अमेरिकी अफगान मिशन 'सफल' भएको दाबी गरे ।

लगभग ४६ वर्ष पहिले  भियतनाम युद्धको समयमा, अमेरिका यही शैलिमा  साइगोन छाडेको थियो ।

राष्ट्रपति जो बाइडेन र रिपब्लिकन सांसदहरुका आलोचकहरु अफगानिस्तानबाट अमेरिकी सेनाको फिर्ता साइगोनसँग तुलना गरिरहेका छन्।

यसैबीच, पछिल्लो जानकारी अनुसार, वरिष्ठ अमेरिकी कूटनीतिज्ञ रस विल्सन अफगानिस्तान  दूतावास छोडेका छन्।

एक अमेरिकी अधिकारीले  विल्सनलाई काबुल एयरपोर्ट लगिएको जनाएका छन्। ।

दूतावासको भवनमा रहेको झण्डा पनि तल झारेर बिमानस्थलमा लगिएको छ र पछि यो अफगानिस्तानबाट पनि हटाइनेछ। आजै अफगानिस्तानका राष्ट्रपति अशरफ गानीले देश छाडेर भागेका छन्। रोयटर्सलाई उदृत गर्दै अलजजिराले जानकारी दिए अनुसार उनी ताजकिस्तानतर्फ लागेका हुन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077