Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

टोटेनहमले म्यानचेस्टर सिटीलाई हरायो

एजेन्सी । इंग्लिस प्रिमियर लिगमा टोटेनहम हट्सपरले ता म्यानचेस्टर सिटीलाई पराजित गरेको छ। गयराति भएको खेलमा टोटनहमले सिटीलाई १–० गोलले पराजित गरेको हो।

घरेलु मैदानमा टोलीलाई जिताउन टोटनहमका फरवार्ड ह्युङ मिन सनले एकमात्र निर्णायक गोल गरे। प्रतिस्पर्धातमक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। पहिलो हाफमा सिटीले बलियो प्रदर्शन गरेपनि गोल भने गर्न सकेन।

खेलको दोस्रो हाफको ५५ औं मिनेटमा टोटनहमका लागि सनले गोल गरेका थिए। काउन्टर अट्याकमा स्टिभन बर्गवाइनको पासलाई नियन्त्रणमा लिँदै सनले पेनाल्टी क्षेत्रको ठिक बाहिरबाट गरेको प्रहारमा गोलरक्षक एडरसन बिट भएका थिए।

त्यसपछि खेलमा फर्कन लगातारको सिटीको प्रयास असफल भयो। टोटेनहमका स्टार फरवार्ड ह्यारी केन सो खेल खेलेनन्। त्यसअघि आइतबारको पहिलो खेलमा वेस्ट ह्यामले न्युकासल युनाइटेडलाई ४–२ ले पराजित गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077