Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

तालिबानका नेताहरुको त्यो शालिन सन्देश जसले विश्वलाई नै राहत दिलायो

एजेन्सी । विद्रोही समूह तालिबानले अफगानिस्तान पूर्णरुपमा आफ्नो कब्जामा लिएको छ। आइतबार अफगानिस्तानका राष्ट्रपति अशरफ गानी देश नै छाडेर ताजकिस्तानतिर हाँक्किएका छन्। उनीसँगै उपराष्ट्रपति अमीरुल्लाह सालेह पनि देशबाट बाहिरिएका छन्।

राष्ट्रपति, उपराष्ट्रपतिलगायतका सरकारी अधिकाहरु देश नै छाडेर भागेपछि तालिबानले राष्ट्रपति भवन (अर्ग) माथि कब्जा जमाएको छ। यससँगै अफगानि नागरिकहरु र त्यहाँ रहेका विश्वभरका नागरिकहरु त्रसित बनेका थिए। तर, तालिबानका नेता मुल्ला बरदारको बयानपछि त्यहाँ रहेका मानिसहरुले राहत महसुस गरेका छन्।

बरदारले सबैको सुरक्षा गरिने जानकारी दिँदै नआत्तिन आग्रह गरेका छन्। ‘सबै जनताको धनमालको सुरक्षा गरिनेछ। अगामी केही दिनमा सबै नियन्त्रणमा लिइने। हामीले सोचेकै थिएनौँ कि यति सजिलै र यति चाँडै जीत हासिल हुनेछ। आगामी केही दिनमा सबै सामान्य हुनेछ।,’ उनले भने।

तालिवानका प्रवक्ता सुहैल शाहीनले बीबीसीसँगको कुराकानीमा अफगानिस्तान र खासगरी काबुलका बासिन्दासँग कुनै बदला नलिने बताएका छन्।

बीबीसीका संवाददाता यालदा हकिमसँगको कुराकानीमा उनले भनेका छन्, ‘हामी अफगानिस्तानका वासिन्दा खासगरी काबुलका मानिसहरुलाई यो विश्वास दिलाउन चाहन्छौं कि उनीहरुको ज्यान र सम्पत्ति सुरक्षित रहन्छ। कसैसँग पनि बदला लिने छैनौं।’

प्रवक्ता शाहीनले आफूहरु अफगानिस्तानका नागरिकको सेवक भएको बताएका छन्। ‘काबुलबाहिर शान्तिपूर्ण तरिकाले सत्ता परिवर्तन भयो, हामी शान्तिसँग सत्ता चाहन्छौं’ उनले भनेका छन्।

तालिबानले आफ्ना लडाकुलाई नागरिकलाई दुख नदिन र कसैको घरमा नजान निर्देशन दिएको छ। यसबीच देशमा शान्ति बहाली गर्न एक समन्वय परिषद् बनाइएको छ। पूर्व राष्ट्रपति हामिद कारजईले यसको अगुवाइ गर्नेछन्।

यसमा अब्दुल्ला अब्दुल्ला र जिहादी नेता गुलबुद्दीन हिकमतयार पनि रहनेछन्। समाचार एजेन्सीका अनुसार तालिवानले चाँडै राष्ट्रपति भवनबाट इस्लामिक इमिरेट्स अफ अफगानिस्तान घोषणा गर्ने तयारी गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077