Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

अफगानिस्तानका राष्ट्रपतिले देश छाड्दा पूर्व राजाप्रतिको सम्मान बढ्यो : कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति आफ्नो सम्मान अझै बढेको बताएका छन् ।

आइतबार तालिवानले अफगानिस्तानमा सत्ता कब्जा गरेपछि राष्ट्रपतिले देश छोडेर भागेको बिषयलाई लिएर अध्यक्ष थापाले ज्ञानेन्द्रप्रति अझै सम्मान बढेको बताए।

सोमबार बिहानै सामाजिक सञ्जाल ट्वीटरमा अध्यक्ष थापाले लेखेका छन्, ‘तालिवानी विद्रोहीले सत्ता कब्जा गर्न लाग्दा अफगानिस्तानका राष्ट्रपति देश छोडेर भागेको घटना देख्दा राजा ज्ञानेन्द्र प्रति मेरो सम्मान अझै बढेको छ। २०६३ पछि देश भित्रै रहेर देश र जनताको सेवामा समर्पित हुने राजा ज्ञानेन्द्रको निर्णय दूरदर्शी छ। राजा र राष्ट्रपति बिचको फरक पनि यही हो।’

https://twitter.com/KTnepal/status/1427079843204661249

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077