Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

कम्बोडियाको क्यासिनोमा जागिर लगाइदिन्छु भन्दै लाखौं कुम्ल्याउने दाउमा रहेका मोक्तान पक्राउ

काठमाडौँ। महानगरीय अपराध महाशाखाले कम्बोडिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काभ्रे जिल्ला महाभारत गाउँपालिका घर भई हाल काठमाडौँ तारकेश्वर फुटुङ बस्ने २५ बर्षीय विचारमान मोक्तान रहेका छन् । मोक्तानलाई महाशाखाको टोलीले आज काठमाडौँकै नयाँबजारबाट पक्राउ गरेको हो।

महाशाखाका एसपी कृष्ण प्रसाद कोइरालाका अनुसार पक्राउ परेका मोक्तानले कम्बोडिया जान साढे छ लाख लाग्छ भन्दै काभ्रे पाँचखाल -८का प्रेमबहादुर तामाङलगायत ६ जनाबाट गरेर ३९ लाख रुपैया लिएर फरार भएका थिए। उनलाई ठगीको आरोपमा महाशाखामा उजुरी परेको थियो ।

उनले पीडितहरुलाई कम्बोडिया पुगेपछि क्यासिनोमा बाउन्सरमा जागीर लगाइदिने भन्दै ठगी गरेको एसपी कोइरालाले बताए ।

पक्राउ परेका मोक्तानलाई आवश्यक थप अनुसन्धान र कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्दनगरमा पठाएको एसपी कोइरालाले जनाए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077