Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

काबुलमा उडिरहेको विमानबाट २ मानिस खसे, विमानबाट धकेलिदिएको आशंका (भिडियोसहित)

एजेन्सी । अफगानिस्तान हाल पूर्णरुपले विद्रोही समूह तालिबानको कब्जामा आइसकेको छ। आइतबार तालिबानले घेरा हालेपछि राष्ट्रपति अशरफ गानीले देश नै छाडेका थिए। राजधानी काबुलमा पनि तालिबानले कब्जा जमाएपछि अफगानिस्तान छाडेर बाहिरिनेहरूको भीडले विमानस्थल भरिएको छ। बाहिरी देशहरुले खतरा रहेको भन्दै आफ्ना नागरिक फिर्ता गरिरहेका छन्। काबुल अन्तर्राष्ट्रिय विमानस्थलमा विमान चढ्न मानिसहरूबीच तछाँडमँछाड नै चलेको देख्न सकिन्छ। यसैबीच काबुलबाट उडेको विमानबाट २ मानिस खसेका छन्। अस्भाका न्यूज एजेन्सीले जारी गरेको भिडियोमा २ मानिस विमानबाट खसेको देख्न सकिन्छ। न्यूज एजेन्सीले उनीहरूलाई विमानबाट फालेको दाबी गरेको छ। यसले फेरि मानिसलाई केही हदसम्म त्रसित बनाइरहेको छ। हुन त तालिबानका नेताहरुले नागरिकहरुलाई दुःख नदिने बताइसकेको छ। बरु आफूहरुले अब नागरिकको सुरक्षा गर्ने ती नेताहरुले सोमबार जानकारी दिएका छन्। उनीहरुको शालिन सन्देशले भने विश्वलाई केही हदसम्म राहत दिलाएको छ। भिडियो :  

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077