Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पाकिस्तानी प्रधानमन्त्रीले भने, ‘अफगानिस्तान गुलामीको चक्रबाट मुक्त भयो’

एजेन्सी । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले अफगानिस्तानले गुलामीको चक्र तोडेको प्रतिक्रिया दिएका छन्। सोमबार इस्लामावादमा भएको एक कार्यक्रममा बोल्दै उनले तालिबानको सफलताको प्रशंसा गरेका हुन्।

‘अफगानिस्तानले गुलामीको चक्र तोडेको छ, तर जो जहाँनिया गुलामीको चक्र छ त्यो कहिल्यै तोडिँदैन,’ उनले भने।

तालिबानले अफगानिस्तानको राजधानी काबुल कब्जा गरेको भोलीपल्टै पाकिस्तानका प्रधानमन्त्रीले यस्तो बताएका हुन्। प्रधानमन्त्री खानको अभिव्यक्ति यस्तो समयमा आएको छ जब अफगानिस्तानका जनतालाई तालिबान शासनको पुराना दिनहरुको याद ताजा भइरहेको छ।

चर्चित लेखक तस्लिमा नसरीनले इमरान खानको यो अभिव्यक्तिको चर्को आलोचना गरेकी छिन्। उनले एक ट्वीटमा भनेकी छिन् ‘पाकिस्तानी प्रधानमन्त्री इमरान खान तालिबानलाई माया गर्छन्। तालिबानले दासत्वको चक्र तोडेको उनी भन्छन्। यदि इमरान खानको दुई छोराको सट्टा दुई छोरीहरु भएको भए के हुन्थ्यो ? र उनीहरु युकेमा नभएर अफगानिस्तानमा बस्थे भने ?’

यसैबीच, पाकिस्तानका सूचना तथा प्रसारणमन्त्री फवाद चौधरीले अफगानिस्तानसँग सम्बन्धित हरेक घटनाक्रमले पाकिस्तानको राजनीति र रणनीतिमा असर पार्ने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077