Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • एमाले फुट्ने पक्कापक्की, छिट्टै सरकारमा सहभागी हुने सांसद चौधरीको खुलासा

    एमाले फुट्ने पक्कापक्की, छिट्टै सरकारमा सहभागी हुने सांसद चौधरीको खुलासा

    अनलाइन नेपाल
  • मंगलबार, १ भाद्र २०७८
  • 1.9K
    SHARES

    फाइल फोटो

    काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले नेपाल पक्षका नेता मेटमणि चौधरीले आफूहरु एमाले विभाजन गर्ने अन्तिम तयारीमा जुटेको स्पष्ट पारेका छन् । पछिल्लो समय एमालेमा अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपालबीचको आन्तरिक द्वन्दले उग्र रुप लिएपछि एकता टर्दै गएको छ।

    मंगलबार पत्रकारहरुसँगकाे कुराकानीमा नेता चौधरीले सरकारले आज भोलि नै राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन लागेको भन्दै आफूहरु एमाले विभाजन गर्ने अन्तिम तयारीमा रहेकाे बताए।



    चौधरीका अनुसार नेपाल पक्षधर २० प्रतिशत केन्द्रीय सदस्यहरुले उक्त दल बिभाजनसम्बन्धी अध्यादेशमा हस्ताक्षर गरिसकेका छन् । अब आउने अध्यादेशमा दल विभाजनको लागि केन्द्रीय कमिटी वा संसदीय दलमा २० प्रतिशत भए पुग्ने व्यवस्था गरिने उनको भनाइ छ।



    यस्तै, उनले आफूहरु यही हप्ता सरकारमा सहभागी हुने समेत बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार