Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • तालिबानद्वारा सबै सरकारी अधिकारीलाई आममाफी दिने घोषणा

    तालिबानद्वारा सबै सरकारी अधिकारीलाई आममाफी दिने घोषणा

    अनलाइन नेपाल
  • मंगलबार, १ भाद्र २०७८
  • 1.6K
    SHARES

    फाइल फोटो

    एजेन्सी । सशस्त्र विद्रोही समूह तालिबानले सबै सरकारी अधिकारीहरुलाई आममाफी दिने घोषणा गरेको छ ।

    करिव २० बर्षपछि पुन सत्तामा फर्किएको तालिबानले मंगलबार एक विज्ञप्ति जारी गर्दै पूर्ण मनोबलका साथ काममा फर्किन सबैलाई आग्रह समेत गरेको अन्तर्राष्ट्रिय समाचार एजेन्सी एएफपीले जनाएको छ।



    अफगानिस्तानमा तालिबानले कब्जा जमाएपछि त्यहाँ रहेका मानिसहरु डराउदै देश छाडेर भाग्न थालेपछि तालिबानले सरकारी अधिकारीलाई आममाफीको घोषणा गरेको हो ।



    ‘सबैका लागि आममाफीको घोषणा गरिएको छ । त्यसैले तपाईँहरुले आफ्नो दैनिक काम पूर्ण मनोबलका साथ सुरु गर्न सक्नुहुन्छ, ‘तालिवानलाई उधृत गर्दै एफपीले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार