Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भिजिट भिसामार्फत् अमेरिका पठाइदिन्छु भन्दै लाखौंको ठगी गरेका लालबहादुर झापाबाट पक्राउ

काठमाडौँ । महानगरीय अपराध महाशाखाले अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा ताप्लेजुङ जिल्ला फुङलिङ न.पा. ९ स्थाई घर भई हाल काठमाडौँ तिनकुने बस्ने ५९ बर्षीय लाल बहादुर कार्की रहेका छन् । कार्कीलाई महाशाखाको टोलीले झापा प्रहरीको सहयोगमा आज झापा अर्जुनधारा गाउँपालिका-५बाट पक्राउ गरेको हो।

महाशाखाका एसपी कृष्ण प्रसाद कोइरालाका अनुसार पक्राउ परेका कार्कीले अमेरिका जान ४० लाख लाग्छ भन्दै पाँचथरका ध्रुव कुमार राईबाट ११ लाख ५० हजार रुपैया लिएर फरार भएका थिए । उनलाई ठगीको आरोपमा महाशाखामा उजुरी परेको थियो ।

कार्कीले पीडित राईलाई भिजिट भिसामार्फ़त दुबै हुँदै अमेरिका पुग्ने र अमेरिका पुगेपछि कोकाकोला कम्पनीमा जागीर लगाइदिने भन्दै ठगी गरेको एसपी कोइरालाले बताए ।

पक्राउ परेका कार्कीलाई आवश्यक थप अनुसन्धान र कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्दनगरमा पठाएको एसपी कोइरालाले जनाए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077