Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मेसी पिएसजीमा गएपछि खुशी छैनन् रोनाल्डो, युभेन्टसका खेलाडी र प्रशिक्षकसँग बोल्दैनन्

एजेन्सी । क्रिस्टियानो रोनाल्डो युभेन्टस छाड्न चाहन्छन्। लियोनल मेसी पेरिस सेन्ट जर्मन (पिएसजी) गएपछि खुशी नरहेका उनी युभेन्टसमा अर्को सिजन बिताउन नुसक्ने अवस्थगामा नरहेको डेलीमेलले उल्लेख गरेको छ।

मिडिया रिपोर्टका अनुसार हाल रोनाल्डो म्यानचेस्टर सिटीका आबद्ध हुने प्रयासमा छन्। उनका एजेन्ट जर्ज मेन्डेसले रोनाल्डोलाई क्लबमा भित्र्याउन २५ मिलियन पाउण्ड स्टर्लिङको प्रस्ताव गरेको बताइएको छ।

इटालियन समाचार आउटलेट ल रिपब्लिकाका अनुसार मेसी पिएसजीमा आबद्ध भएपछि रोनाल्डोको सपना चकनाचुर भएको र उनी रियल मड्रिड र म्यानचेस्टर सिटीको प्रस्ताव स्वीकार गर्न तयार रहेका छन्। रिपोर्टमा रोनाल्डोले युभेन्टसका सहकर्मी र प्रशिक्षक मासिमिलिएनो अलेग्रीसँग कुनाकानी गर्न पनि अस्वीकार गरिरहेका छन्।

रोनाल्डो सन् २०१८ मा एक सय मिलियन पाउण्डमा युभेन्टसमा आबद्ध भएका थिए। उनले सिरी एमा एक सय ३३ खेलमा १ सय १ गोल गरिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077