Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

गोठमा बाँधेको गाई चोरेर काट्ने ३ जना पक्राउ

पोखरा । प्रहरीले गाई गाई आरोपमा ३ जनालाई पक्राउ गरेको छ। गोठमा बाँधेको गाई चोरेर काट्ने ३ जनालाई पोखरामा पक्राउ गरिएको हो।

पक्राउ पर्नेहरुमा बाग्लुङ निसीखोला –६ घर भई हाल पोखरा–१९ पुरनचौर बस्ने असारी घर्ती मगर, सबिन बुढामगर र अस्मिता बुढामगर रहेका छन्। उनीहरुले पुरुनचौरका केशर बहादुर अधिकारीले पालेको गाईको बाच्छी गोठबाट चोरेर लगी काटेको प्रहरीको आरोप छ।

गाई काटिरहेका अवस्थामा उनीहरूलाई पक्राउ गरेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी वरिष्ठ उपरीक्षक मोहन प्रसाद पोखरेलले जानकारी दिएका छन्। उनका अनुसार अधिकारीको गोठ देखि २ किमी टाढा लगेर गाई काटेका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077