Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

ब्राउन सुगरसहित दुईजना पक्राउ

झापा । झापाको बिर्तामोड नगरपालिकाबाट लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरिएको छ। प्रहरीले बिर्तामोड–५ नयाँ बसपार्कस्थित मिलनचोकबाट २० ग्राम ब्राउन सुगरसहित दुईजनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा अर्जुनधारा–५ का २७ वर्षीय मनोज चौधरी र बिर्तामोड–५ का २३ वर्षीय सुमन तामाङ रहेका छन्। जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाका अनुसार लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टा र अस्थायी प्रहरी पोस्ट नयाँ बसपार्कबाट प्रहरीको टोलीले ब्राउन सुगर र मे २ प ८६८६ नम्बरको मोटरसाइकलसहित पक्राउ गरेको हो।

पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर थप अनुसन्धान कार्य भइरहेको झापा प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077