Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • ब्राउन सुगरसहित दुईजना पक्राउ

    ब्राउन सुगरसहित दुईजना पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, १ भाद्र २०७८
  • 3.4K
    SHARES

    झापा । झापाको बिर्तामोड नगरपालिकाबाट लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरिएको छ। प्रहरीले बिर्तामोड–५ नयाँ बसपार्कस्थित मिलनचोकबाट २० ग्राम ब्राउन सुगरसहित दुईजनालाई पक्राउ गरेको हो।

    पक्राउ पर्नेहरुमा अर्जुनधारा–५ का २७ वर्षीय मनोज चौधरी र बिर्तामोड–५ का २३ वर्षीय सुमन तामाङ रहेका छन्। जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाका अनुसार लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टा र अस्थायी प्रहरी पोस्ट नयाँ बसपार्कबाट प्रहरीको टोलीले ब्राउन सुगर र मे २ प ८६८६ नम्बरको मोटरसाइकलसहित पक्राउ गरेको हो।



    पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर थप अनुसन्धान कार्य भइरहेको झापा प्रहरीले जनाएको छ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार