Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

तालिबानले अफगानिस्तान कब्जा गर्दा रुस, चीन र पाकिस्तानका दूतावासहरु अझै खुला , भारत चिन्तित

एजेन्सी। तालिबानले अफगानिस्तानको राजधानी काबुल कब्जा गरेपछि भारत लगायत अधिकांश देशहरुले आफ्ना दूतावासका कर्मचारीहरुलाई त्यहाँबाट निकाल्न थालेका छन्।

तर, त्यहाँ मात्र तीन देशका दूतावासहरु अझै खुला छन्। यी देशहरु रुस, चीन र पाकिस्तान हुन्।

चीनले जस्तै तालिबानले रुसलाई पनि अफगानिस्तानको भूभाग आफ्ना छिमेकीहरुमाथि हमला गर्न नदिने उल्लेख गरेको छ ।

अफगान सरकार आफैंले सधैं पाकिस्तानलाई तालिवानलाई सहयोग गरेको आरोप लगाउँदै आएको छ।

रुसी विदेश मन्त्रालयले आइतबार सरकारी सञ्चारमाध्यमलाई   दूतावासका कर्मचारीहरुलाई निकाल्ने सरकारको कुनै योजना नभएको वताएका छन्। यद्यपि उनले  आफ्ना दूतावासका केहि कर्मचारीहरुलाई फिर्ता बोलाउने वताएका थिए । मंगलबार रुसी राजदूत दिमित्री जर्नोफ तालिबान नेताहरुसंग भेट गर्ने कार्यक्रम छ।

यस्तो स्थितिमा, तालिबानसंग चीन र पाकिस्तानको मित्रता यस समय भारतलागि चिन्ताको सबैभन्दा ठूलो कारण हो।

रूसले आउँदो दिनहरुमा तालिबानसंग कस्तो व्यवहार गर्दछ, भारतको नजर पक्कै त्यसमा केन्द्रित छ।

भारत र रूसबीच मैत्रीपूर्ण सम्बन्ध छ र विगत सात बर्षमा रूस को तालिबानसंग सम्बन्ध बलियो भएको छ।

तर, तालिबानको सम्बन्ध सधैं रूससँग मैत्रीपूर्ण रहने  सत्य मानिदैन  ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077