Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

चेक बाउन्स मुद्दामा लाखौँ ठगेर फरार रहेका केसी र श्रेष्ठ पक्राउ

काठमाडौं। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बैंकिङ कसूर (चेक बाउन्स) मुद्दामा फरार रहेका दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काठमाडौं दक्षिणकाली न.पा.३ सोखेल घर भएका ४० बर्षीय समुन्द्र केशर केसी र काभ्रे घर भएका ४८ बर्षीय श्याम प्रसाद धिनाजु श्रेष्ठ रहेका छन् । केसीलाई र श्रेष्ठलाई बुधबार सीआईबीले क्रमश काठमाडौँको चौमती र बसपार्कबाट पक्राउ गरेको हो ।

पक्राउ परेका केसीलाई उच्च अदालत पाटनले १५ दिन कैद र ३० लाख रुपैयाँ जरिवाना ठहर गरेको थियो। त्यस्तै श्रेष्ठलाई ६ दिन कैद र १० लाख जरिवाना गरेको थियो।

सीआईबीका अनुसार केसी र श्रेष्ठले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी पीडितलाई झुक्याई सनराइज बैंक र मेगा बैंकको चेक काटेर बैंकिङ् कसूरजन्य अपराध गरेको ठहर गरी अदालतले उक्त फैसला गरेको थियो ।

उनीहरुलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत भक्तपुरमा बुझाइएको सीआईबीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077