Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

३,४०३ जनामा संक्रमण पुष्टि हुँदा ४२ जनाको मृत्यु, २,१०४ जना डिस्चार्ज

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३ हजार ४०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि हुँदा २ हजार १०४ जना संक्रमणमुक्त भएका छन् भने ४२ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ८३९ जनाको पीसीआर परीक्षणमा २ हजार ६१३ र ४ हजार ९९९ को एन्टिजेन परीक्षणमा ७९० जना गरी ३ हजार ४०३ जनामा संक्रमण पुष्टि भएको हो ।

हालसम्म नेपालमा कोराना संक्रमितको संख्या ७ लाख ३९ हजार ९०७ जना पुगेको छ ।

जसमध्ये ३६ हजार ८०६ जना होम आइसोलेसनमा र ३ हजार ५३२ जना संस्थागत आइसोलेसनमा रहेका छन् । त्यस्तै कोरोना संक्रमणका कारण हालसम्म १० हजार ३९६ जनाको मृत्यु भएको छ ।

यसअघि हिजो सोमबार ३,२७४ जना संक्रमित थपिँदा २७ जनाको मृत्यु भएको थियो भने  १,९२९ जना डिस्चार्ज भएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077