Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

सर्वाधिक धेरै कमाई गर्ने १० फुटबलर, कसको पारिश्रमिक कति ?

एजेन्सी । फुटबल जगतमा खेलाडीको किनबेच चलिरहन्छ। कतिपय अवस्थामा खेलाडीहरुलाई क्लब विश्व कीर्तिमानी मूल्य हालेर क्लबमा आबद्ध गराउँछ।

उत्कृष्ट खेलाडीहरुलाई क्लबबाट खेलाउन मोटै रकम खर्च गर्नुपर्ने हुन्छ। यहाँ हामी विश्वमा सबैभन्दा धेरै कमाउने १० फुटबल खेलाडीबारे चर्चा गर्दैछौं। यो सूचिमा पहिलो नम्बरमा लियोनल मेसी रहेका छन्।

हालैमात्र पेरिस सेन्ट जर्मन गएका ३४ वर्षीय अर्जेन्टाइन् सर्वाधिक धेरै कमाउने फुटबलर हुन्। उनी हप्तामा ६ लाख ६ हजार पाउण्ड स्टर्लिङ कमाई गर्छन्।

द सनको रिपोर्टअनुसार सर्वाधिक कमाई गर्ने १० खेलाडीहरु (कमाइ एक हप्ताको हो। रकम पाउण्ड स्टर्लिङमा)

१०. रोबेर्ट लेवान्डोस्की– ३ लाख ५० हजार

९. डेविड दि गि –       ३ लाख ७५ हजार

८. केभिन डि ब्रुयन –  ३ लाख ८५ हजार

७. किलियन एमबाप्पे – ४ लाख १० हजार

६. गारेथ बेल – ५ लाख

५. लुइस सुआरेज – ५ लाख ७५ हजार

४. एन्टोनी ग्रिजम्यान – ५ लाख ७५ हजार

३. नेयमार जुनियर – ६ लाख ६ हजार

२. क्रिस्टियानो रोनाल्डो – ९ लाख

१. लियोनल मेसी – ९ लाख ६० हजार

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077