Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

अफगानिस्तानबाट भागेका राष्ट्रपति गनी युएईमा भेटिए, के गर्दैछन् उनी ?

एजेन्सी । अफगानिस्तानमा विद्रोही समूह तालिबानको शासन शुरु भइसकेको छ। गत आइतबार तालिबानले देशको राजधानी काबुल कब्जा गरेपछि अफगानि राष्ट्रपति अशरफ गनी देश छाडेर भागेका थिए।

भिडियो देखिएअनुसार हात हल्लाउँदै विमान चढेका गनी उज्वेकिस्तान हाँक्किएको अनुमान गरिएको थियो। तर, हालै प्राप्त जानकारीअनुसार उनी युएईमा रहेका छन्। गनी आफ्नो परिवारसहित अबुधावी पुगेको खुलेको युएई सरकारले पुष्टि गरेको छ।

युएईको परराष्ट्र मन्त्रालय र अन्तर्राष्ट्रिय कर्पोरेशनले युएईले राष्ट्रपति गनी र उनको परिवारलाई स्वागत गरेको जानकारी दिएका छन्। तालिबानबाट खतरा हुन सकने भन्दै विभिन्न देशहरुले त्यहाँबाट आफ्नो नागरिकलाई उद्धार गरिरहेका छन्। यद्यपि तालिबानी नेताहरुले कसैलाई हानी नगर्ने बताउँदै आएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077