Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

काठमाडौंबाट लागुऔषध कारोबारमा संलग्न ७ जना पक्राउ

काठमाडौं । प्रहरीले लागुऔषध कारोबारमा संलग्न ७ जनालाई पक्राउ गरेको छ। उनीहरुलाई काठमाडौंको लाजिम्पाट र सोह्रखुट्टेबाट लागुऔषधसहित पक्राउ गरिएको हो।

काठमाडौं महानगरपालिका–१६ सोह्रखुट्टे र महानगरपालिका–२ लाजिम्पाटबाट लागुऔषध ओसारपसार र भण्डारण गर्ने गिरोहलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ।

पैहरीले पक्राउ परेको व्यक्तिहरुको साथबाट डाईजेपाम २३३ एम्पुल, सोही परिमाणमा नुर्फिन र प्रोमेथोजिङ्ग बरामद गरेको छ। आरोपीहरुको साथबाट ४७ पत्ता लागुऔषध ट्रामा पनि बरामद गरिएको प्रहरीले बताएको छ। घटनाबारे आवश्यक अनुसन्धान अघि बढाइएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077