Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

बागमती प्रदेशकी नवनियुक्त मुख्यमन्त्री शाक्यद्वारा मन्त्रिपरिषद विस्तार, को–को बने मन्त्री ?

बागमती प्रदेशको नवनियुक्त मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले तीन सदस्यीय मन्त्रिपरिषद गठन गरेकी छन्। उनले कृष्ण खनाललाई सामाजिक विकास मन्त्री र केशवराज पाण्डेलाई आन्तरिक मामिला तथा कानुन र भौतिक पूर्वाधार मन्त्रीमा नियुक्त गरेकी हुन्। पाण्डेलाई दुईवटा मन्त्रालयको जिम्मेवारी दिइएको हो।

प्रदेश सरकारका सात मन्त्रालयमध्ये बाँकी चार मन्त्रालय भने मुख्यमन्त्री शाक्यले तत्काल आफ्नै जिम्मेवारीमा राखेकी छन्।माधवकुमार नेपाल समूहलाई नेकपा एमालेकी उपाध्यक्ष शाकयलाई बुधबार राति मुख्यमन्त्रीमा नियुक्त गरिएको थियो।

प्रदेशका प्रमुख विष्णुप्रसाद प्रसाईले मुख्यमन्त्री डोरमणि पौडेलले बुधबार दिएको राजीनामा स्वीकृत गर्दै नयाँ मुख्यमन्त्रीमा शाक्यलाई नियुक्त गरेका थिए। यससँगै शाक्य नेपालकै पहिलो महिला मुख्यमन्त्री बनेकी छिन्।

लामो समयदेखि नेपा समूहमा रहेर ओलीविरुद्ध लडेकी शाक्यले पार्टी गठनको समयमा नेपाल समूह त्यागेकी हुन्। ओली समूहले मुख्यमन्त्री अफर गरेपछि उनले नेपाल समूहलाई छाडेको चर्चा चलेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077