Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

एनआरएनको अध्यक्ष पदमा कुल आचार्यद्वारा उम्मेदवारी घोषणा

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन)को आगामी १० औँ महाधिवेशनमा कुल आचार्यले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

आचार्यले अक्टोबर २३ देखि २५ सम्म चल्ने महाधिवेशन तथा १० औं विश्व सम्मेलन सम्मेलन अन्तर्गत २०२१-२०२३ को कार्यकालका लागि उम्मेदवारी घोषणा गरेको बताए।

'औपचारिक घोषणा आगामी अगस्ट ३० तारिखमा गर्ने तयारीमा छ,' आचार्यले भने, 'त्यो दिन मैले आफ्ना एजेन्डाहरु पनि सार्वजनिक गर्नेछु।'

यसअघि सोही कार्यकालका लागि वर्तमान वरिष्ठ उपाध्यक्ष डा. बद्री केसीले पनि उम्मेदवारी घोषणा गरिसकेका छन् ।

कोभिड महामारीको कारण भर्चुअल माध्यममार्फत मतदान गर्ने कार्यक्रम छ ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077