Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

माधव नेपालको पार्टीबारे बाबुराम भन्छन् - समाजवाद देशको आवश्यकता हो

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देशमा समाजवादको आवश्यकता रहेको बताएका छन्।

बिहीबार नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा ‘समाजवादी केन्द्र नेपाल’द्वारा आयोजित कार्यक्रमको सम्बोधनका क्रममा अध्यक्ष भट्टराईले देश समाजवादको नयाँ मोडेल खोज्ने दिशातिर गइरहेको बताए।

नेकपा एमाले त्यागेर माधव नेपालले नेकपा एमाले समाजवादी पार्टी गठन गरेकोतर्फ संकेत गर्दै भट्टराईले भने, ‘एमालेभित्र विद्रोह गरेर माधव नेपालजीले एमाले समाजवादी भनेर फेरि अर्को पार्टी सुरुवात गर्नु भएको छ, यसले के देखाउँछ भने फेरि नयाँ समाजवादको मोडेल खोज्नेतिर देश गइराखेको छ । त्यो अबको आवश्यकता हो ।’

कार्यक्रममा भट्टराईले भने, ‘एउटा बाघ बुढो भए पनि घाँस खाँदैन भनेझैं हामीले घाँस खान हुँदैन । घाँस नखाइकन हामीले हाम्रो ब्रह्मलाई केन्द्रमा ल्याएर सोच्यौं भने एउटा निकास दिन सक्छौं ।’

पूर्वप्रधानमन्त्री भट्टराइले आगामी दिनहरुमा युवा पुस्तालाई नयाँ बाटो देखाइदिनुपर्ने  र त्यसो गर्न सकिए नेपालले विश्वालाई नयाँ विचार दिन सक्ने उनको ठम्याई छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077