Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

देशभर एमालेमा बहुमत रहेको ओलीको दाबी

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशभर एमालेकै बहुमतको सरकार रहेको दावी गरेका छन् ।

बिहीबार जिल्ला समन्वय समिति भक्तपुरले आयोजना गरेको पुस्तक विमोचन तथा विद्युतीय सूचना केन्द्रको उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले आफ्नो पार्टी प्रतिपक्षी दलमात्र नभएर प्रदेश र स्थानीय तहमा बहुमतको सरकार भएकाे दावी गरेका हुन् ।

प्रदेश र स्थानीय तहमा एमालेको बहुमतको सरकार रहेको बताउँदै अध्यक्ष ओलीले आफूले भने,'मेरो कुरा सुन्दा तपाईहरुलाई सरकारमै भएको जसरी कुरा गर्छ भन्ने लाग्ला, हामी अहिले पनि बहुमतमा नै छौँ । स्थानीय तह र प्रदेश सरकारमा हाम्रो नै बहुमत छ । हामी अहिले पनि देश बनाउने अभियानको नेतृत्व गरिरहेका छौँ ।’

यस्तै उक्त कार्यक्रममा आफ्नो नेतृत्वको सरकारले जुम प्रविधिको सुरु गरेको दाबी गरे।

उनले सिङ्गापुरमा उपचारका क्रममा गएका बेला जुम प्रविधिबाट मन्त्रिपरिषदको बैठक राखेर आफूले यसको सुरुवात गरेको उनको दाबी गरे । आफूले सुरु गरेको प्रविधिबाट अहिले अनलाइनबाटै सभा छलफल गर्न सम्भव भएको दाबी गरे ।

अन्तर्राष्ट्रिय सम्मेलनमा त्यहीँबाट सहभागी हुने प्रणाली हामीले सुरु गर्यौं। कसको जमिन कस्तो छ भनेर अनलाइनबाटै माटो परीक्षण गर्ने प्रणाली सुरु गर्यौं,ओलीले भने, ' मेरो कित्ता भन्ने अनलाइनबाटै जग्गाको बारेमा थाहा पाउने प्रणाली विकास गर्यौं ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077