Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

३,०७५ जनामा संक्रमण पुष्टि हुँदा ३३ जनाको मृत्यु, २,१२६ जना डिस्चार्ज

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३ हजार ०७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि हुँदा २ हजार १२६ जना संक्रमणमुक्त भएका छन् भने ३३ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ९४६ जनाको पीसीआर परीक्षणमा २ हजार ३२१ र ४ हजार ४९२ को एन्टिजेन परीक्षणमा ७५४ जना गरी ३ हजार ०७५ जनामा संक्रमण पुष्टि भएको हो ।

हालसम्म नेपालमा कोराना संक्रमितको संख्या ७ लाख ४२ हजार २२८ जना पुगेको छ ।

जसमध्ये ३७ हजार ११४ जना होम आइसोलेसनमा र ३ हजार ३८६ जना संस्थागत आइसोलेसनमा रहेका छन् । त्यस्तै कोरोना संक्रमणका कारण हालसम्म १० हजार ४२९ जनाको मृत्यु भएको छ ।

यसअघि हिजो सोमबार ३,४०३ जना संक्रमित थपिँदा ४२ जनाको मृत्यु भएको थियो भने  २,१०४ जना डिस्चार्ज भएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077