Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रसुवा पहिरो अपडेट : एकै घरका ४ जनाको मृत्यु

रसुवा – रसुवा जिल्लाको नौकुण्ड गाउँपालिका–५ कोलडाँडा पहिरोमा परी ज्यान गुमाउनेको संख्या ४ पुगेको छ। मृतक चारैजना एकैघरका सदस्य रहेको प्रहरीले जानकारी दिएको छ।

मृत्यु हुनेमा ३२ वर्षीया कमला गलान, ११ वर्षीया सोफीका गलान, आठ वर्षीया सुकमाया गलान र सात वर्षीय आशीष गलान रहेका छन्। घरमाथिबाट खसेको पहिरोमा परी उनीहरुको ज्यान गएको हो। बिहीबार बिहान करिब ३ बजे गएको पहिरोमा उनीहरु सुतेकै अवस्थामा पुरिएका थिए।

पहिरोमा परी ज्यान गुमाउनेहरु श्याम घलानका श्रीमती, छोरा, छोरी हुन्। घलानलाई भने उद्धार गरिएको थियो। उनको अवस्था गम्भीर रहेको र हाल अस्पतालमा उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077