Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

यी हुन् तालिबानले लागु गर्ने शरिया कानुनको कठोर सजायहरु

एजेन्सी – अफगानिस्तानमा तालिबानले आफ्नो शासन शुरु गरिसकेको छ। यससँगै त्यहाँबाट बाहिरिने विदेशी नागरिकहरुको संख्या बढ्दै गइरहेको छ।

तालिबानले आफ्ना शासनकालमा शरिया कानुन लागु गर्छन्। उक्त कानुनको केही कठोर सजायहरु छन्। तीनै सजायबारे यहाँ चर्चा गरौं।

शरिया कानुनले अपराधलाई दुई सामान्य वर्गमा विभाजन गर्दछ। पहिलो ‘हद’ जुन गम्भीर अपराध हो। यसका लागि अपराधहरु तय गरिएको छ। दोस्रो ‘तजीर’ अपराध हो। यसको सजाय न्यायाधीशको विवेकमा छोडिएको छ।

‘हद’ अपराधमा चारी पनि पर्दछ। यो अपराधका लागि अपराधीको हात काटेर सजाय दिन सकिन्छ। अर्कोतर्फ व्यभिचार गर्नेलाई ढुंगाले हानेर मृत्युदण्ड दिन सकिनेछ।

केहि इस्लामिक संगठनहरु ‘हद’ अपराधका लागी सजाय माग्दा यसको नियममा सुरक्षाको केही उपायहरु तय छन्। यसका लागि सजाय तोक्नु पहिले धेरै ठोस प्रमाणको आवश्यकता पर्छ।

संयुक्त राष्ट्रसंघले ढुंगाले हानेर मृत्युदण्ड दिने सजायको विरोध गरेको छ। ‘यो सजायले यातना वा अन्य क्रुर,अमानवीय वा अपमानजनक सजायको संकेत गर्छ। यसैले यो स्पष्ट रुपमा निषेधित छ,’ राष्ट्रसंघले भनेको छ।

जे होस् सबै मुस्लिम देशहरु ‘हद’ अपराधका लागी यस्तो सजाय दिँदैनन्। सर्वेक्षणअनुसार यस्ता सजायको विषयलाई लिएर मुसलमानहरुको राय धेरै विभाजित छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077