Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

लागूऔषध खैरो हिरोइनसहित एक युवक पक्राउ

धनगढी । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले झण्डै डेढ लाख नगद र लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेका अनुसार पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–१२ ऐरीका २० वर्षीय सुदर्शन भारती हुन् ।

भारतीको साथबाट एक लाख ४१ हजार नगद, १४.६७ ग्राम लागुऔषध खैरो हिरोइन र ८.५० ग्राम चरेश बरामद गरिएको न्यौपानेले बताए ।

पक्राउ परेका भारतीलाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077