Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • निर्वाचन आयोगमा पुगेर एमाले सांसदहरुले भने – हाम्रो पार्टीको नामसँग मिल्ने कुनै पनि दल दर्ता नहोस्

    निर्वाचन आयोगमा पुगेर एमाले सांसदहरुले भने – हाम्रो पार्टीको नामसँग मिल्ने कुनै पनि दल दर्ता नहोस्

    अनलाइन नेपाल
  • शुक्रबार, ४ भाद्र २०७८
  • 1.6K
    SHARES

    फाइल फोटो

    काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी  (नेकपा) एमालेले आफ्नो नामसँग मिल्ने गरी अर्को दल दर्ता नगर्न निर्वाचन आयोगलाई आग्रह गरेको छ ।

    शुक्रबार आयोग पुगेका एमाले नेताहरुले राजनीतिक दलसम्बन्धी ऐनको दफा ६(१) (ङ) र ९ अनुसार राजनीतिक दलको नाम, झण्डा र चुनाव चिन्ह संरक्षण गर्ने जिम्मेवारी आयोगको भएको भन्दै यस्तो आग्रह गरेका हुन्।



    गत बुधबार माधवकुमार नेपाल समूहले नेकपा एमाले समाजवादी दल दर्ताका लागि निवेदन दिएपछि एमाले नेताहरु आयोग पुगेका हुन् ।



    नेपालनिकट एक नेताका अनुसार अब नेपाल पक्षले आयोगकै सुझाव अनुसार पार्टीको नाम नेकपा एकीकृत समाजवादी प्रस्ताव गरेको छ । तर, चुनाव चिह्नबारे भने अझै टुंगो लागेको छैन । यसअघि खुला किताव चुनाव चिह्न राखिने भनिएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार