Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

३,०४२ जनामा संक्रमण पुष्टि हुँदा २६ जनाको मृत्यु, २,२४४ जना डिस्चार्ज

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३ हजार ०४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि हुँदा २ हजार २४४ जना संक्रमणमुक्त भएका छन् भने २६ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ५३० जनाको पीसीआर परीक्षणमा २ हजार ०७९ र ७ हजार १२४ को एन्टिजेन परीक्षणमा ९६३ जना गरी ३ हजार ०४२ जनामा संक्रमण पुष्टि भएको हो ।

हालसम्म नेपालमा कोराना संक्रमितको संख्या ७ लाख ४४ हजार ३०७ जना पुगेको छ ।

जसमध्ये ३६ हजार ९२२ जना होम आइसोलेसनमा र ३ हजार ३८७ जना संस्थागत आइसोलेसनमा रहेका छन् । त्यस्तै कोरोना संक्रमणका कारण हालसम्म १० हजार ४५५ जनाको मृत्यु भएको छ ।

यसअघि हिजो सोमबार ३,०७५ जना संक्रमित थपिँदा ३३ जनाको मृत्यु भएको थियो भने  २,१२६  जना डिस्चार्ज भएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077