Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • महन्थ ठाकुरको पार्टीको नाम लोकतान्त्रिक समाजवादी, बरिष्ठ नेतामा महत्तो र भण्डारी

    महन्थ ठाकुरको पार्टीको नाम लोकतान्त्रिक समाजवादी, बरिष्ठ नेतामा महत्तो र भण्डारी

    अनलाइन नेपाल
  • शुक्रबार, ४ भाद्र २०७८
  • 1.7K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्षले निर्वाचन आयोगमा दर्ता गराएको नयाँ पार्टीको नाम परिवर्तन गरी लोकतान्त्रिक समाजवादी पार्टी बनाएको छ ।

    यसअघि आयोगमा निवेदन दिएको जसपा (लोकतान्त्रिक) नाम परिवर्तन गरी आज लोकतान्त्रिक समाजवादी पार्टीको नामको दल दर्ताका लागि निवेदन दिइएको नेता केशव झाले जानकारी दिए ।



    जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षले पाएपछि दलविहीन बनेको ठाकुर पक्षले गत बुधबार जसपा (लोकतान्त्रिक) दल दर्ताका लागि निवेदन दिएको थियो । यसअघि जसपा लोकतान्त्रिक पार्टी नाम राखी दल दर्ताका लागि निवेदन दिइएकोमा उक्त नाम मिल्न गएकाले अब उपरान्त पार्टीको नाम लोकतान्त्रिक समाजवादी राख्ने निर्णय गरिनुका साथै विधान, घोषणापत्र र नियमावलीमा लोकतान्त्रिक समाजवादी पार्टी उल्लेख गरी आयोगमा पठाउने निर्णय भएको अध्यक्ष महन्थ ठाकुरद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।



    लोकतान्त्रिक समाजवादी दलको अध्यक्षमा महन्थ ठाकुर तथा वरिष्ठ नेतामा राजेन्द्र महतो र शरतसिंह भण्डारी रहेका छन् । उक्त दलमा अध्यक्ष र वरिष्ठ नेतासहित ३१ सदस्यीय कार्यकारिणी समिति प्रस्ताव गरिएको छ, जसमध्ये रेशम चौधरीसहित १५ जना सांसद छन् । सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएलगत्तै ठाकुर पक्षका नेताहरूले नयाँ दल दर्ताका लागि निवेदन दिएका हुन् । ठाकुर पक्षले नयाँ दलको चुनाव चिह्नमा साइकल प्रस्ताव गरेको छ ।

    राजनीतिक दलसम्बन्धी ऐन, २०७३ अनुसार सबै विवरण समावेश गरी छुट्टै दल दर्ताका लागि निवेदन आवेदन गरिएको छ । पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले यसअघिको २४ सदस्यीय कार्यकारिणी समितिको सङ्ख्या बढाएर ३१ सदस्यीय बनाउने निर्णय गरेको छ । सरकारले संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पुर्याएर दल विभाजन गर्न सकिने गरी अध्यादेश ल्याएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार