Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • बारा–२ मा लोसपाले उपेन्द्र यादवलाई समर्थन गर्ने

    बारा–२ मा लोसपाले उपेन्द्र यादवलाई समर्थन गर्ने

    अनलाइन नेपाल
  • आइतबार, १९ चैत्र २०७९
  • 486
    SHARES

    काठमाडौं । सत्तासाझेदार दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले बारा २ को उपचुनावमा जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवलाई समर्थन गर्ने निर्णय गरेको छ ।

    केन्द्रीय कार्यकारिणी समितिका सदस्य केशव झाका अनुसार शनिबार बसेको बैठकले गठबन्धनका उमेदवार यादवलाई समर्थन गर्ने निर्णय गरेको हो ।



    यादवलाई उमेदवार बनाउन दलहरू सहमत भएकाले (लोसपा) ले बारा क्षेत्र नम्बर २ मा पार्टीको उमेदवार नउठाउने भएको हो ।



    गत मंसिर ४ गते भएको प्रतिनिधिसभा निर्वाचनबाट सोही निर्वाचन क्षेत्रबाट निर्वाचित जसपा नेता रामसहायप्रसाद यादव उपराष्ट्रपति बनेपछि उपनिर्वाचन हुन लागेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार