Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • लोसपाले बोलायो पदाधिकारी बैठक

    लोसपाले बोलायो पदाधिकारी बैठक

    अनलाइन नेपाल
  • शुक्रबार, २५ फाल्गुन २०८०
  • 447
    SHARES

    काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले पदाधिकारी बैठक बोलाएको छ।

    केन्द्रीय समिति बैठकको तयारीबारे छलफल गर्न लोसपाले फागुन ३० गतेदेखि चैत २ गतेसम्म बस्ने गरी पदाधिकारी बैठक बोलाएको हो ।



    बैठकले पार्टीको संरचना, संगठन विस्तार, विधान, भातृ संगठन, राजनीतिक दस्तावेजलगायतका विषयमा छलफल गर्ने जनाइएको छ ।



    पार्टीको संगठन सुदृढीकरण, विधान संशोधन, राजनीतिक दस्तावेज लगायतका विषयमा प्रतिवेदन लेख्न यसअघि नै लोसपाले कार्यदल गठन गरेको थियो ।

    ती कार्यदलले आ–आफ्नो प्रतिवेदन तयारी गरिसकेका छन् । पदाधिकारी बैठकमा ती प्रतिवेदनबारे छलफल हुने बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार