Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • लोसपाले बोलायो मंसिर २४ र २५ गते केन्द्रीय समितिको बैठक

    लोसपाले बोलायो मंसिर २४ र २५ गते केन्द्रीय समितिको बैठक

    अनलाइन नेपाल
  • बुधबार, २० मंसिर २०८०
  • 477
    SHARES

    फाइल तस्विर

    काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले केन्द्रीय समितिको बैठक बोलाएको छ ।

    बुधबार बबरमहलस्थित केन्द्रीय कार्यालयमा बसेको शीर्ष नेताहरुको छलफलले मंसिर २४ र २५ गते काठमाडौँमा केन्द्रीय समितिको बैठक बोलाउने निर्णय गरेको हो ।



    राष्ट्रिय सभाको चुनाव, केन्द्रीय समिति विस्तार, महाधिवेशन, भातृ संगठन गठन लगायतका बैठकमा छलफल हुनेछ ।



    असोजमा केन्द्रीय समिति घोषणा भएपछि लोसपाको यो पहिलो बैठक हो । २०७८ मा जनता समाजवादी पार्टीबाट अलग भएर महन्थ ठाकुरले लोसपा नेपाल गठन गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार