Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

काबुल एयरपोर्टमा जर्मन नागरिकमाथि गोली प्रहार

एजेन्सी । अफगानिस्तानको राजधानीस्थित काबुल एयरपोर्टमा एक जना जर्मन नागरिकमाथि गोली प्रहार भएको छ ।

जर्मनीको समाचार एजेन्सी डीपीएका अनुसार एयरपोर्टतर्फ जाँदै गरेका ती जर्मन नागरिकमाथि गोली प्रहार भएको हो । प्राप्त समाचारका अनुसार काबुलमा एयरपोर्ट बाहिर रहेका मानिसहरुलाई निकै खतरा रहेको बताइएको छ ।

जर्मनी सरकारका प्रवक्ताले काबुलमा तालिवानको आक्रमण भएपछि आफ्ना नागरिकहरुलाई छिटोभन्दा छिटो अफगानिस्तानबाट बाहिर निकालिने बताएका थिए।

यस्तै, जर्मन दूतावासले एयरपोर्ट जाने मानिसलाई चेतावनी जारी गर्दै एयरपोर्टको प्रवेशद्वारमा आक्रमण हुन सक्ने भन्दै सर्तक रहन आग्रह गरेको छ ।

गत सोमबार पनि काबुल एयरपोर्ट अस्तव्यस्त बनेसँगै स्थिति नियन्त्रणमा लिन अमेरिकी सेनाले गोली चलाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077