Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

जथाभाबी भिडियो खिच्दै हिडेको आरोपमा युट्युबरसहित ३ जना पक्राउ

झापा । जिल्ला प्रहरी कार्यालय झापाले जथाभाबी भिडियो खिच्दै हिडेको आरोपमा युट्युबरसहित ३ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा युट्युबर खगेन्द्र घिमिरेसहित व्यवसायी हेमराज भट्टराई र सुवास कार्की रहेका छन् ।

पक्राउ परेका घिमिरेसहितका ब्यक्तिहरुले केहीदिन अघि व्यक्तिगत गोपनियताको ख्याल नगरी एक होटलमा खाजा खाइरहेका व्यक्तिहरुको विना अनुमित फोटो भिडियो खिचेका थिए । उक्त भिडियोको सामाजिक संजालमा चर्को आलोचना समेत भएको थियो।

प्रहरीका अनुसार उनीहरुमाथि चरित्र हत्या गरेको अभियोग छ। यस्तै, संलग्न थप केही युट्युबरको खोजी भइरहेको झापा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077