Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

शुक्रबार तालिबानले १० जनाको हत्या गरेको दाबी, अफगानिस्तानमा के–के भयो ? (मुख्य घटनाहरु)

एजेन्सी । अगस्ट २० तारिख शुक्रबारको दिन पनि तालिबान नियन्त्रित अफगानिस्तानमा केही महत्तेवपूर्ण घटनाहरु भएका छन्। शुक्रवार पनि त्यहाँ हलचल जारी नै छ।
यी हुन् मुख्य घटनाहरु :

काबुलस्थित अन्तर्राष्ट्रिय एयरपोर्टमा स्थिति अझै सामान्य भएको छैन। हजारौं मानिसहरु अफगानिस्तान छोड्न एयरपोर्ट बाहिर उपस्थित भएका छन्।

जर्मन प्रसारक ड्यूश वेलेले तालिबानले आफ्नो एक पत्रकारको आफन्तको हत्या गरेको जानकारी दिएका छन्।

संयुक्त राष्ट्रसंघको एक रिपोर्टका अनुसार तालिबान अफगानिस्तान, नाटो र अमेरिकी सेनाको सहयोगीहरुको खोजीमा छ।

एम्नेस्टी इन्टरनेसनलले तालिबानले हजारा अल्पसंख्यक समुदायका नौ जनालाई यातना दिएर मारेको जनाएको छ।

संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रमले अफगानिस्तानमा व्यापक मानवीय संकटको चेतावनी दिएको छ।

बेलायती विदेश मन्त्री डोमिनिक राबले फोन कल विवादमा आफ्नो निर्णयको बचाउ गरेका छन्।

ह्वाइट हाउसले अमेरिकी राष्ट्रपति जो बाइडेनले चाँडै काबुलमा चलिरहेको बचाव अभियानबारे एक अपडेट जारी गर्नेछन्।

चरमपन्थी संगठन ’इस्लामिक स्टेट’ ले आफ्नो साप्ताहिक अखबार अल नबा को अगस्त १९ को सम्पादकीयमा तालिबानको पुनरागमबारे, “यो शान्ति को जीत हो, इस्लामका लागी। यो सौदाबाजीको जीत हो, जिहाद को लागी होइन।’ लेखेको छ।

अफगानिस्तान क्रिकेट बोर्डका प्रमुख हमिद शिनवारीले उनको टीम पाकिस्तानविरुद्ध श्रीलंकामा एकदिवसीय श्रृंखलाको लागी तयारी गरिरहेको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077