Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • काबुलबाट हवाई उद्धार गर्दा थप मानिसहरु मारिन सक्ने अमेरिकी राष्ट्रपति जो बाइडनको चेतावनी

    काबुलबाट हवाई उद्धार गर्दा थप मानिसहरु मारिन सक्ने अमेरिकी राष्ट्रपति जो बाइडनको चेतावनी

    अनलाइन नेपाल
  • शनिबार, ५ भाद्र २०७८
  • 2.5K
    SHARES

    एजेन्सी। अमेरिकी राष्ट्रपति जो बाइडनले दशौँ हजार अमेरिकी र अफगान सहयोगीहरूलाई उद्धार गर्ने प्रयासमा थप मानिसको मृत्यु हुनसक्ने बताएका छन्।

    काबुलबाट उद्धार गर्ने जिम्मेवारी खतरामुक्त नरहेको भन्दै उनले अमेरिकाले आफ्नो सम्पूर्ण स्रोतसाधन परिचालन गरेर १० दिनको समयसीमाभित्र उक्त काम सम्पन्न गर्ने बताए।



    अमेरिकी रक्षा मन्त्रालयका प्रवक्ताले काबुल विमानस्थलको परिसरभन्दा केही बाहिरबाट तीनवटा सैनिक हेलिकप्टरले १६९ जना अमेरिकीको उद्धार गरेको बताए।



    दुई सय मिटर परको होटलमा बसिरहेको उक्त समूह भिड पार गरेर विमानस्थलभित्र जान सकेको थिएन।

    तालिबानले अफगानिस्तानमा आफ्नो नियन्त्रणमा कायम गरेपछि अमेरिकी सेना विमानस्थलबाहिर निस्किएको जानकारीमा आएको यो पहिलो घटना हो।

    बाइडनले के भने?
    ह्वाइट हाउसमा बोल्दै राष्ट्रपति बाइडनले “इतिहासकै एउटा सबैभन्दा ठूलो र अत्यन्त कठिन हवाई उद्धार” मा १३,००० जनाको उद्धार गरिसकिएको बताए।

    तर अफगानिस्तानबाट उद्धार गर्न खोजिएका अमेरिकी नागरिकलाई तालिबानले अवरोध नपुर्‍याएको भन्ने राष्ट्रपतिको भनाइ आफ्नै रक्षामन्त्रीसँग बाझिएको छ।

    बाइडनले अमेरिकी राहदानीवाहक जो कोहीलाई तालिबानहरूले विमानस्थलसम्म आउन दिइरहेको बताएका थिए।

    तर काबुलबाट प्राप्त कैयौँ विवरणमा विमानस्थलसम्म आउन अमेरिकीहरूले बाधा खेप्नुपरिरहेको बताएका छन्।

    शुक्रवार अमेरिकी रक्षामन्त्री लोइड अस्टिनले सांसदहरूसँगको ब्रीफिङमा तालिबानले अफगानिस्तान छाड्न चाहने अमेरिकीलाई पिटेको जानकारी दिएको पोलिटिकोमा प्रकाशित समाचारमा उल्लेख छ।

    तालिबानहरूले सत्ता कब्जा गरेपछि राष्ट्रपति बाइडनले अन्तर्राष्ट्रिय स्तरमै आलोचना खेपिरहेका छन्।

    ‘घर फर्किन इच्छुक कुनै पनि अमेरिकीलाई हामी घरमा ल्याइपुर्‍याउँछौँ,’ सङ्कटलाई सम्बोधन गर्न बिदा छोट्याएर फर्किएर अमेरिकी राष्ट्रपतिले भने।

    अमेरिकी नागरिकहरूको उद्धार “प्राथमिकता” रहेको भन्दै उनले अमेरिकी सेनालाई सहयोग गर्ने ५०,००० देखि ६५,००० जना अफगान सहयोगीलाई पनि त्यहाँबाट अन्यत्र लगिने बताए।

    ‘कुनै गल्ती गर्नुहुँदैन। यो उद्धार अभियान खतरनाक छ। यसमा हाम्रा सशस्त्र सैनिकका लागि जोखिम छ र यो अप्ठेरो परिस्थितिमा गरिदैँछ,’ उनले भने। बीबीसी नेपाली

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार