Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

क्यानद्वारा विश्वकप लिग–२ का लागि १७ सदस्यीय नेपाली खेलाडीको घोषणा (नामसहित)

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले ओमानमा हुने आईसीसी क्रिकेट विश्वकप लिग–२ का लागि नेपाल खेलाडीको घोषणा गरेको छ ।

शनिबार क्यानले १९ १९ खेलाडी बन्द प्रशिक्षणमा बोलाएकोमा १७ सदस्यीय खेलाडीको घोषणा गरेको हो । जसमा युवा बलर गुल्शन झा पहिलो पटक राष्ट्रिंय टोलीमा छनोट भएका छन ।

लिग–२ अन्तर्गत नेपालले सेप्टेम्बरमा ओमान र अमेरिकासँग त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्नेछ ।  ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिज अघि नेपालले पीएनजीसँग एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज खेल्नेछ । नेपालले पीएनजीसँग पहिलो खेल सेप्टेम्बर ५ र दोस्रो खेल सेप्टेम्बर ८ (भदौ २० र २३) मा खेल्नेछ ।

छनोट भएका नेपाली टोलीहरु : ज्ञानेन्द्र मल्ल (कप्तान), दिपेन्द्र सिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, आसिफ शेख, गुल्शन झा, आरिफ शेख, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, पवन सराफ, अविनाश बोहरा, रोहित पौडेल, शुसन भारी, शरद भेषावकर, विक्रम शोव

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077