Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • जापानबाट आइपुग्यो थप २ लाख ८ हजार एस्ट्राजेनेका खोप, प्रदेश १ र २ मा लगाइने

    जापानबाट आइपुग्यो थप २ लाख ८ हजार एस्ट्राजेनेका खोप, प्रदेश १ र २ मा लगाइने

    अनलाइन नेपाल
  • शनिबार, ५ भाद्र २०७८
  • 1.5K
    SHARES

    फाइल फोटो

    काठमाडौं । जापानबाट कोरोना भाइरसविरुद्धकाे २ लाख ८ हजार ७ सय डोज खोप नेपाल आइपुगेको छ ।

    जापान सरकारले काेभ्याक्स सुविधामार्फत उपलब्ध गराएको १६ लाख डोज एस्ट्राजेनेका खोपमध्ये शनिबार २ लाख ८ हजार ७ सय डोज खोप  कतार एयरलाइन्समार्फत्  काठमाडौँ आइपुगेको हो।



    अब बाँकी रहेको खोप आगामी साेमबार नेपाल आउने बताइएको छ । १६ लाखमध्ये दुई चरणमा गरी बाँकी सात लाख डोज खोप नेपाल आउन लागेको हो। यसअघि जापानबाट ९ लाख खोप नेपाल आइसकेको छ।



    अब आउने खोप प्रदेश १ र २ मा कोभिसिल्डको पहिलो मात्रा लगाएका नागरिकलाई दिइने स्वास्थ्य सचिव रोशन पोखरेलले जानकारी दिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार