Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

सर्लाहीबाट कटुवा पेस्तोलसहित एक जना पक्राउ

रामनारायण यादव / सर्लाही । सर्लाहीमा प्रहरीले कुटवा पेस्तोल र गोलीसहित एक जनालाई शनिबार पक्राउ गरेका छ ।

सर्लाहीको मंलगवा नगरपालिका वडा नम्वर ११ ठुलो पल्सीबाट सोही ठाउँका ३० वर्षीय समसुद्दिन अंसारीलाई कटुवा पेस्तोल र १ राउण्ड गोलीसहित नियन्त्रण्मा लिएको प्रहरीले जनाएको छ ।

दुई दाजु भाई बीच झै–झगडा भईरहेको खबर प्रहरीले पाएपछि झै–झगडा छुटाउन गएको प्रहरीको टोलिले दुबै जनालाई सम्झाई बुझाई गर्ने क्रममा समसुद्दिन अंसारीको कम्मरमा छोइएपछि कटुवा पेस्तोल फेला फरेको थियो।

समसुद्दिन अंसारी र फुल गनी अंसारी दाजु भाई हुन् । पक्राउ परेका अंसारीको बारेमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी माधव प्रसाद बुढाथोकिले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077