Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

संक्रमितको संख्या भन्दा डिस्चार्ज हुनेको बढी, ३० जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार ०७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि हुँदा २ हजार ३८२ जना संक्रमणमुक्त भएका छन् भने ३० जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ७०३ जनाको पीसीआर परीक्षणमा १ हजार ४२४  र ५ हजार ३७२ को एन्टिजेन परीक्षणमा ६५१ जना गरी २ हजार ०७५ जनामा संक्रमण पुष्टि भएको हो ।

हालसम्म नेपालमा कोराना संक्रमितको संख्या ७ लाख ४५ हजार ७३१ जना पुगेको छ ।

जसमध्ये ३६ हजार ०१५ जना होम आइसोलेसनमा र ३ हजार ३०६ जना संस्थागत आइसोलेसनमा रहेका छन् । त्यस्तै कोरोना संक्रमणका कारण हालसम्म १० हजार ४८५ जनाको मृत्यु भएको छ ।

यसअघि हिजो सोमबार ३,०४२ जना संक्रमित थपिँदा २६ जनाको मृत्यु भएको थियो भने  २,२२४ जना डिस्चार्ज भएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077