Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

अफगानिस्तान संकट : काबुल एयरपोर्टमा सानो बच्चा सेनालाई पास गरिएको त्यो कारुणिक दृश्य (भिडियो)

एजेन्सी । अफगानिस्तानको राजधानी काबुलमा तालिबानले कब्जा जमाएपछि हमिद करजई अन्तर्राष्ट्रिय विमानस्थलमा मानिसहरुको भागाभाग नै चलेको छ। अफगानिस्तानबाट बाहिरिनका लागि ठूलो संख्यामा मानिसहरु एयरपोर्टमा जम्मा भएको तस्वीर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। भाइरल भएको एउटा तस्वीरमा एउटा परिवारले आफ्नो बच्चालाई एयरपोर्टको पर्खालमा उभिएका अमेरिकी सैनिकलाई दिँदै गरेको देखन सकिन्छ। अमेरिकी सेनाले शुक्रबार उक्त बच्चालाई उसको परिवारलाई सुम्पिएको बताएको छ। अमेरिकी मरीन्सका प्रवक्ता मेजर जेम्स स्टेंगरले न्युयोर्क टाइम्सलाई बताएअनुसार मेडिकल टोलीले बच्चा फिर्ता गर्नु अघि उनको स्वास्थ्उ चेकअप गरेको छ। र हाल उक्त बच्चा विमानस्थलमा उसको बुबासँग सुरक्षित छ। ‘उद्धार कार्यका दौरान एकाएक बदलिइरहेको स्थितिमा पनि कति छिट्टै निर्णय लिइरहेका छौं भन्ने यो घटना एक साँचो प्रमाण हो। मरीन आफ्नो काममा वफादार भएर लागिरहेका छन्,’ स्टेंगरले भने।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077