Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

रुसले भन्यो - घनीको सरकार भन्दा तालिबानसँग वार्ता गर्न सजिलो

एजेन्सी। अफगानिस्तानमा तालिबानको कारबाहीको बारेमा रुचि नभएको रुस केही देशहरु मध्ये एक थियो, जब अमेरिका र युरोपेली देशहरुले गत हप्ता काबुलबाट आफ्ना नागरिक र अफगानिस्तानका सहयोगीहरुलाई निकाल्ने सोच बनाएका थिए।

रूसी कूटनीतिज्ञहरूले काबुलमा तालिबानलाई 'साधारण मानिस' भन्दै अफगानिस्तानको राजधानी अब पहिले भन्दा सुरक्षित भएको बताए। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार  अफगानिस्तानमा तालिबानको कब्जा एक वास्तविकता रहेको र रुसले यसको साथमा बस्नु पर्ने वताए ।

यो स्थिति सन् १९८० ० को दशकमा अफगानिस्तानमा भएको विनाशकारी नौ बर्षे युद्ध भन्दा धेरै फरक छ, जब रुस काबुलको कम्युनिस्ट सरकार गठन गर्ने प्रयासमा थियो।
रुसले काबुलमा आफ्नो दूतावास खुला रहेको बताएको छ। यो स्थिति धेरै अन्य देशहरु भन्दा फरक छ। तालिबानको बारेमा रुसको सोच पनि फरक देखिन्छ। पुटिनले तालिबानको लागि न्यानोपन देखाएका छन्। तालिबानले काबुल कब्जा गरेको ४८ घण्टा भित्र रुसी राजदूत दिमित्री जिरनोभले उनीहरुका एक प्रतिनिधिलाई भेटे। रुसी राजदूतले प्रतिशोध वा हिंसाको कुनै प्रमाण नदेखेको पनि वताए ।

संयुक्त राष्ट्र संघका लागि रुसी प्रतिनिधि भसिली नेबेन्जियाले अफगानिस्तानमा मेलमिलापको नयाँ आशा देखिएको बताए।

अफगानिस्तानका लागि रुसी  राष्ट्रपति पुटिनका विशेष दूत जमीर काबुलोभले निर्वासित राष्ट्रपति अशरफ घनीको पुरानो 'कठपुतली सरकार' भन्दा तालिबानसँग वार्ता गर्न सजिलो भएको बताए।

यसअघि रुसी कूटनीतिज्ञले  अशरफ घनी तालिबानको कब्जामा पर्नु अघिचार कार र एक हेलिकप्टरमा नगद लिएर देश छोडेको आरोप लगाएका थिए । घनीले यी आरोपहरुलाई 'झुट' भनेर खन्डन गरेका थिए । -बिबिसी हिन्दीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077